अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा रोल्पामा ३ जनाको मृत्यु भएको छ ।
गएराति साँढे १२ बजेतिर आएको पहिरोमा परी रोल्पा नगरपालिका–९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा करती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको मृत्यु भएकाे हो ।
सोही घरमा सुतिरहेका अन्य तीन जनाकाे भने उद्धार गरिएकाे छ ।घाइते अवस्थामा उद्धार गरिएका उनीहरूलाइ थप उपचारका लागि हेलिकप्टरबाट बुटवल लेजाने तयारी भएकाे छ।
प्रहरीकाे टाेली घटनास्थल जाँदै गरेकाले थप विवरण आउन बाँकी रहेकाे छ।घटनास्थल सदरमुकाम लिबाङबाट २० किलोमिटरकाे दूरीमा पर्दछ छ। मनसुन शुरू भएकाे दाेस्राे हप्ता नपुग्दै बाढी पहिराेमा परेर २५ जनाकाे मृत्यु भइसकेकाे छ भने केही अझै वेपत्ता छन् ।