पहिराेका कारण हिमापारीकाे जिल्ला मनाङ सडक सम्पर्कबाट विच्छेद भएकाे छ ।
मनसुनको सुरुवातमै ग्रामीण सडकहरु पनि पहिरोले भत्काएपछि सडक सम्पर्कबाट विच्छेद भएको हाे ।पहिरोका कारण मनाङमा करिब ७० प्रतिशत सडकमा क्षति पुगेको छ । यस वर्षको सुरुवातमै अत्यधिक वर्षा हुँदा मनाङमा व्यापक क्षति पुगेको हो ।
यसैबीच मनाङको चामे गाउँपालिका वडा नं ४ र ५ मा थुनिएको मर्स्याङ्दी नदी खोलिएको छ । सशस्त्र प्रहरी र स्थानीय प्रशासनको समन्वयमा थुनिएको नदि खुलाइएको हो ।
हिजो दिउँसो वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको थियो । निरन्तर वर्षा भइरहदा चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मर्स्याङ्दी नदी थुनिएको थियो ।तत्कालका लागि जोखिम टरेपनी जोखिम भने कायम नै रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।