सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीमा बेपत्ता भएका मध्ये ७ जनाको शव भेटिएको छ ।
मृत्युहुनेमा हेलम्बु २ का ३१ वर्षीय माधव भण्डारी , ४२ वर्षका गणेश ज्योति, हेलम्बु ३ का १३ वर्षीया टीकामाया खड्का, हेलम्बु ७ का ज्ञानेन्द्र कक्षपति, चौतारा साँचोकगढी नगरपालिकाका २३ वर्षीय समुन्द्र नेपाल र हेलम्बु ६ का च्याङ्बा तामाङ रहेका छन् ।मृतकहरू सबै मेलम्ची ट्राउट फर्ममा कार्यरत थिए । बेपत्ता भएका अन्यको खोजिकार्य जारी रहेको प्रहरीले जनाएका छन् । स्थानीयवासी,सुरक्षाकर्मी हिजो रातिदेखि नै वेपत्ताहरुको खोजिमा जुटेका छन् ।
प्रहरीका अनुसार बाढीले मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँध ध्वस्त भएको छ भने इन्द्रावती र मेलम्ची जोड्ने मोटरेबल पुलसहित आधा दर्जन झोलुंगे पुल,आठवटा ट्राउट माछा फर्म र केही घरहरु समेत बगाएको छ ।
सिन्धुपाल्चोकबाटै प्रतिनिधिसभामा निर्वाचित स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङका अनुसार ५० जना भन्दा बढी बेपत्ता भएकाे अनुमान गरेका छन् ।यस्तै तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार बगरमा परिणत भएको उनले बताए ।हिजो साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ ।
यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुट्न भन्दै खोलाको बहाव झनझन बढिरहेकाले सप्तकोसीसम्मका बासिन्दहरुलाई सचेत र सुरक्षित रहन पनि उनले अपील गरेका छन् ।बेपत्ताहरूको खोजी शुरू गरिएको तथा क्षतिको अरूको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।