महानगरपालिकामा रोकिएको खोप अभियान कार्यक्रम आजदेखि पुनः सुरु हुने भएको छ।
खोप अभियानअन्तर्गत लगाउन बाँकी ६० र ६१ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा पुनः लगाउन लागिएको हो । यो कार्यक्रम आज र भोलि गरी दुई दिनसम्म चल्नेछ ।
खोप अभावका कारण दुई दिन सञ्चालन भएपछि जेठ २७ गते काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै खोप अभियान रोकाएको जानकारी दिएको थियो ।
वीर अस्पताल रत्नपार्क, शिक्षण अस्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अस्पताल छाउनी र निजामती कर्मचारी अस्पताल नयाँबानेश्वरलाई खोप केन्द्र तोकिएको छ ।
खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने छ ।जेठ २५ गतेबाट काठमाडौं उपत्यकासहित देशभर शुरु भएको खोप अभियान सुरु भएको थियो।