नेपालमा काेराेना संक्रमितकाे संख्या घट्दै गएकाे छ ।
२४ घण्टामा देशभर ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न जिल्लामा बिहीबार गरिएको ९ हजार ९०१ पीसीआर परीक्षणमा २ हजार ८७४ जना र ५ हजार ३३७ जनाकाे एन्टिजेन परीक्षणमा ८७५ जना गरी ३ हजार ७४९ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै, २४ घण्टामा ५ हजार २९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ५९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।