काठमाडौंको बौद्ध नयाँवस्तीको प्लानिङ चउरमा बोराभित्र शवको केही भाग फेला परेको छ ।आज बिहान दुँबो टिप्न गएका स्थानीयले बोराभित्र शवको घुँडा र खुट्टाको भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए । बोरामा राखेर जलाएको अवस्थामा शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएका छ ।
शवको पैतालाको भाग र हड्डीहरुमात्रै भेटिएकाले मृतक को हो भन्नेबारे पहिचान खुल्न सकेकाे छैन ।परालले बेरेर शव बोरामा प्याक गरी फ्याँकिएको अवस्थामा फेला परेको प्रकृति हेर्दा केही दिनअघि नै हत्या भएको जस्तो देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए ।
पोको बनाएर फालेको अवस्थामा शव फेला परेको सूचनापछि एसएसपी अशोक सिंहसहितको टोली समेत घटनस्थल पुगेको थियो। चिकित्सक टोलीसहित प्रहरीले घटनाको अनुसन्धान थालिसकेको छ । अनुसन्धानका लागि तालिमप्राप्त कुकुरकाे समेत प्रयाेग गरिएकाे छ ।