एनआरएन अफ्रिकाबाट अछामको बयालपाटा अस्पताललाई थप १० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिएको छ ।
एनआरएनए अफ्रिकाको नेपालमा तत्काल अक्सिजन सहयोग अभियान अन्तर्गतको यो अभियानमा संघ र दाताहरुको तर्फबाट नेपाली कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरले अस्पतालका प्रमुख डा. मन्दिप पाठकलाई सिलिण्डर बुधबार हस्तान्तरण गरेका हुन्।
यसअघि उक्त अस्पताललाई १० थान र जिल्ला अस्पताल मंलसेनलाई २० थान गरी अछाममा ४० थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरिसकिएको छ। संघको यो अभियानले देशका ११ जिल्लाका २६ अस्पताल र स्वास्थ्य केन्द्रमा १२५ थान अक्सिजन सिलिन्डर, १ हजार २५ रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री गरी ३५ लाख भन्दा बढी सहयोग गरिसकिएको छ।
संघको अफ्रिकाका राष्ट्रिय समन्वय समितिहरुले यो अभियानमा सहयोग पुरयाउने एनआरएनए अभियन्ताहरु, सामाजसेवी संघ, संस्था र अभियन्ताहरु, धनगढी स्थित ह्युमानिटी फाउन्डेसन, युगान्डाको रुपारेलिया फाउन्डेसन लगायत सम्पुर्ण सहयोगीहरुलाई धन्यवाद दिएको छ।