कपिलवस्तुको सदरमुकाम तौलिहवामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ।
नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलले प्रधानमन्त्री केपी शर्मा ओलि र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेका हुन्।
असंवैधानिक तबरबाट प्रतिनिधि सभा विघटन गरेको भन्दै नेवि संघ र तरुण दलका नेता तथा कार्यकर्ताले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्।
कार्यक्रममा नेवि संघका जिल्ला सभापति राकेश पाण्डे, तरुण दलका क्षेत्रीय सभापति राजेश उपाध्याय, नेता जगदिश पाण्डे, नगर सभापति प्रशान्त कार्की, अनिल क्षेत्री धिरेन्द्र उपाध्याय लगायतको सहभागिता रहेको थियो।