मुलुककाे जेठाे वीर अस्पतालमा चौधरी फाउन्डेसनले आईसीयू वार्ड र नबिल बैंक लिमिटेड अक्सिजन प्लान्ट स्थापना गरिदिने भएको छ ।
मंगलबार फाउन्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी, नबिल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिलकेशरी शाह र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) वीर अस्पतालका उपकुलपति प्रा.डा. देवनारायण शाहबीच सो सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।
चौधरी फाउन्डेसनले चौधरी फाउन्डेसन स्थापना गरिदिने सम्झौतामा उल्लेख छ । त्यस्तै अक्सिजन प्लान्टको क्षमता ५० क्युबिक मिटर–प्रतिघण्टा रहने र मे महिनाभित्रै निर्माण सम्पन्न हुने बताइएको छ । सम्झौता कार्यक्रममा नाम्सका उपकुलपति शाहले बीरमा एक सय कोरोना संक्रमितको उपचार गर्ने क्षमता रहेपछि हाल करिव दुई सय जना संक्रमितको उपचार भइरहेको जानकारी दिए । हाल अस्पतालमा अक्सिजनको चरम अभाव भइहेको भन्दै सम्झौताले कोरोना संक्रमितको उपचार सहज हुने विश्वास ब्यक्त गरे ।
त्यस्तै चौधरी फाउन्डेसनका उपाध्यक्ष निर्वाण चौधरीले कोरोना महामारीसँग जुधिरहेका बेला राज्यलाइ सदैव सहयोग गर्न तयार रहेको जानकारी दिए ।त्यस्तै नबिलका सीईओ शाहले बीर अस्पतालमा अब अक्सिजन अभाव नहुने भन्दै कोरोना संक्रमितको उपचारमा कुनै कठिनाई हुन नदिने बताए ।
उनले कोरोना संक्रमितको सहज उपचारका लागि सवै अस्पतालमा आवश्यक पूर्वाधार सम्पन्न हुनुपर्ने धारणा पनि राखे । सरकारले बीर अस्पताललाई केन्द्रीय कोभिड उपचार अस्पतालमा रुपान्तरण गरेको छ ।