लुम्बिनी एकीकृत विकास संस्था (लिडो नेपाल ) द्वारा कपिलवस्तु अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य अतहर कमालले कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.किशोर बन्जाडे र व्यवस्थापक रत्नाकर शुक्लालाई ५ लाखको चेक हस्तान्तरण गरिएको हो । कतार च्यारिटी र लिडो सहयोगमा उक्त रकम सहयोग गरिएको हो ।
कोभिड बिरामीको उपचार खर्च तथा अक्सिजन व्यवस्थापनको सहजताको लागि रकम दिइएको अध्यक्ष कमालले बताए । सरकार बाट अस्पताल व्यवस्थापन तथा उपचारमा उदासीनता देखिन लागेपछि सामाजिक संस्था र व्यक्तिगत रूपमा नै अस्पताललाई सहयोग गरी बिरामीको ज्यान जोगाउने क्रम चलेको समेत अध्यक्ष कमालले बताए ।
विभिन्न स्थानीय तह, सामाजिक संस्था तथा सरोकारवालाको सहयोगमा कोभिडका बिरामीको उपचारमा सहजता तथा स्रोत व्यवस्थापन गर्न केही हदसम्म सहजता भएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डन डा. किशोर बन्जाडेले बताए ।
चेक हस्तान्तरण समारोहमा संस्थाकी कार्यक्रम संयोजक सुनिता बेल्वासे, महुरी होमका अध्यक्ष रवि ठाकुर लगायतको सहभागिता रहेको थियो ।