नेपालमा मंगलबार थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा जम्मा २२५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिए।
।योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ८४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता डा.गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ५९६ जनाको पीसीआर परीक्षण र ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।