कोरोना महामारीको फाइदा उठाउँदै अत्यधिक मूल्यमा नक्कली अक्सिमिटर बिक्री वितरण गर्ने ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शरिरको पल्स र अक्सिजनको मात्रा नाप्न प्रयोग हुने अक्सिमिटरको अत्यधिक माग भईरहेको सन्दर्भमा त्यसको फाइदा उठाउँदै विभिन्न औषधिजन्य पलस एवं फर्माहरुले आम सर्वसाधारणहरुलाई बजार मूल्य भन्दा अघि मूल्य लिई नक्कली अक्सिमिटर खरिद बिक्री भईरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा,मीनभवनबाट खटिएको प्रहरीको टोलीले गुणस्तरहीन ७६५ थान अक्सिमिटर समेत बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई वडा नं ४ घर भई हाल बल्खु बस्ने बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ, बाजुराका थुमराज उपाध्याय,स्याङजा घरभई हाल नानोटेक फर्मा थापाथलीका संचालक शेषकान्त अधिकारी,सुनसरीका हाल चिरायु के डी ग्रुप प्रालीमा काम गर्ने पुष्कर घिमिरे,विराटनगरका हाल अनामनगर बस्ने आहा इन्डष्ट्रियल कम्पनीमा कार्यरत बिशाल आर्चाय,सिन्धुपाल्चोक घर भई हाल बागबजार बस्ने सन्तोष भण्डारी र भारत राजस्थान घर भई हाल ढुंगेअड्डामा बस्ने जगदिश प्रसाद रानासरिया रहेका छन् ।उनीहरूमाथि अावश्यक कारबाही प्रक्रिया अगाडि बढाइएकाे प्रहरीले जनाएकाे छ ।