दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरी राखेको कार भित्र फेला परेका तीन बालकको शव पहिचान खुलेकाे छ ।
मृतक तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षीय छोरा सुवर्ण र किरण परियारका ७ वर्षीय छोरा करण रहेको प्रहरीले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित स्याउली बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र लक लागेको अवस्थामा शव फेला परेका थियो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहका अनुसार घटनाको अनुसन्धानका लागि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित प्रहरीको विशेषज्ञ टोली तुलसीपुर ल्याइएको थियो ।
प्रहरीले अनुसन्धानकालागि गाडी मालिक र चालकलाई नियन्त्रणमा लिएको छ । मृतक बालकका आफन्तले आफ्ना सन्तानको हत्या भएको दावी गर्दै हत्यारा पक्राउगरी कार्वाही गर्न माग गरेका छन् ।