रुपन्देही सैनामैनाका एक कोरोना संक्रमित पुरुषले आत्महत्या गरेका छन्। सैनामैना नगरपालिका–१ वनकट्टामा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालमा रानिबगियाका ४० वर्षीय पुरुषले आज बिहान शौचालयमा आत्महत्या गरेका हुन्।
उनले विहान ४ बजे झुण्डिएर आत्महत्या गरेको बताइएको छ। उनी वैशाख १६ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका थिए। उनको स्वास्थ्य अवस्था सामान्य थियो।
उक्त अस्थायी अस्पतालमा हाल ९ जना संक्रमितले उपचार गराइरहेका छन्।