कोरोनाको नयाँ भेटियन्टले बालबालिकामा बढी असर गरेको भन्ने जान्दाजान्दै पनि कतिपय निजी विद्यालयह?ले भने जबरजस्ती विद्यालय खोलिरहेका छन् ।
किन उनीह?ले यसो गरिरहेका छन भन्ने बुझ्न सकिरहेको छैन ? साँच्चिकै उनीह? विद्यार्थीको पढाइप्रति चिन्तित भएरै त्यसो गरेका हुन् त? पक्ककै पनि विद्यालयले त्यस्तो सोचेर पढाई सञ्चालन गरिहरहेको हो भने पनि अहिलेको समयमा त्यसलाई राम्रो मान्न सकिदैन ।
अहिलेको अवस्थामा पढाइको भन्दा स्वास्थ्यको चिन्ता गर्ने बेला हो ।विद्यार्थी स्वास्थ्य रहे मात्र विद्यालयह?ले पढाई गर्न र विद्यार्थी पाउन सक्छन् । त्यो भन्दा पनि प्राय जसो विद्यालयह?ले दुई महिनाको फि अगाडि नै लिइसकेकाले पनि परीक्षाको चिन्ता गरे जस्तो गरेका हुन् भन्ने अभिभावकह? पनि छन् ।
शुक्रबारसम्ममा ८१ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ । यीमध्ये ९ वर्षभन्दा कम उमेरका १५ जना छन् । सरकारले पटक पटक विद्यालय बन्द गर्र्न भने पनि त्यसो गरिरहेका छैनन् । अब मन्त्रिपरिषद्ले मात्र विद्यालय बन्द गर भने निर्णय गर्न बाँकी छ ।त्यस मातहतका स्वास्थ्य मन्त्रालय,कोभिड संकट व्यवस्थापन समिति लगायत निकायह?ले भौतिक उपस्थितिमा हुने पढाई तत्काल बन्द गरेर अनलाइन तथा बैकल्पिक माध्यम प्रयोग गर्न बारम्बार ताकेता गर्दै आएको छ।
मन्त्रालयले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित १४ जिल्लालाई अति प्रभावित घोषित गर्दै यी जिल्लाका बालबालिकाकालाई विद्यालय नजान मन्त्रालयले आग्रह पनि गरेको छ ।यसकारण कति अभिभावकह?ले आफ्ना बालबालिकाह?लाई विद्यालय पठाएका छैनन् । तिनका बालबालिका पढने विद्यालयह? भने खोलिरहेका छन् ।
हालसम्म १० वर्षभन्दा कम उमेरका ६ हजार ५८६ बालबालिका र ११ वर्षमाथि २० मुनिका कुल १८ हजार ४०८ जनामा कोरोना संक्रमण देखिएको छ ।