विद्यार्थीमा कोरोना संक्रमण देखिन थालेपछि काठमाडौँ महानगरपालिकाले विद्यालय बन्दको तयारी गरेको छ ।
महानगरले आजैबाट लागू हुने गरी विद्यार्थीमा कोरोना देखिएका विद्यालय बन्द गर्न सूचना जारी गर्न लागकाे हाे ।काठमाडौँका केही विद्यालयमा विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको छ ।
काठमाडौँको चावहिलस्थित मित्र आधारभूत विद्यालयका शिक्षक, नक्सालमा रहेको नन्दिरात्री माध्यमिक विद्यालय र प्रदर्शनी मार्गको पद्मोदय माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना देखिएको हाे।
कोरोनाको दोस्रो लहरमा विद्यार्थी तथा बालबालिका बढी संक्रमित हुन थालेका छन् ।