डढेलोको धुँवाले काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा फेरि वायू प्रदूषण फैलिएको छ ।वातावरण विभागका अनुसार देशका ३७७ स्थानमा डढेलाे लागेकाे छ।देशभर नै भारी वर्षा भएर डढेलो नियन्त्रणमा नआएसम्म प्रदूषण कायमै रहने वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले बताए ।
विश्वका ५० शहरमध्ये सबैभन्दा बढी वायु प्रदूषण हुनेमा काठमाडौँ फेरि एक नम्बरमा पुगेको छ ।सामान्यतया प्रदूषणको मात्रा १५० देखि माथि पुग्नुलाई हानिकारक मानिन्छ ।काठमाडौँमा वायु गुणस्तरको सूचकाङ्क करिब दुई सय छ । काठमाडौँमा दुई दिनअघि शिवपुरी जङ्गलमा व्यापक रुपमा डढेलो लागेको थियो ।यसआधारमा काठमाडौँ विश्वकै सबैभन्दा धेरै प्रदूषित शहरमा परेको छ ।