नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी रहेकाे छ । जारी मतगणनामा विपुल पोखरेल नेतृत्वको प्यानलकाे अग्रता कायम रहेकाे छ।
लुम्विनी र सुदूरपश्चिमका जिल्लाहरुमा पनि पोखरेल प्यानलकै अग्रता छ।भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली लगायतका जिल्लामा निर्मला शर्माको प्यानलले अग्रता लिएको छ। ललितपुर, मकवानपुर, नुवाकोट,ताप्लेजुङ, तेह्रथुम, धनकुटा, खोटाङ, उदयपुर, रामेछाप, दोलखा लगायतका जिल्लामा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता लिएको छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष)लगायत दलनिकट पत्रकार संगठनकाे साथ र सहयाेग प्राप्त विपुल पाखरेलको प्यानल चुनावमा हाेमिएकाे हाे । दलिय किचलाेले गर्दा एमालेकै प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्रेस चौतारीबाट निर्मला शर्माको प्यानल प्रतिस्पर्धामा छन्।यस्तै स्वतन्त्रबाट गजेन्द्र बुढाथोकी अध्यक्षकाे प्रतिस्पर्धामा छन् ।