शुगर नघटेमा विचार गर्नुपर्ने कुरा चाहिँ खानपान र व्यायमको पुनरावलोकन गर्नु हो ।कहिलेकाहीँ तनाव भएको खण्डमा पनि शुगर बढिरहेको हुन्छ र कहिलेकाहीँ औषधीको डोज नपुगेको पनि हुनसक्छ ।
मोटामोटी रुपमा विरामीको कर्तव्य चाहिँ स्वास्थ्य भोजन गर्ने, व्यायाम गर्ने, आफ्नो शुगरको अनुगमन गर्ने हो। र डाक्टरको सल्लाहमा बस्ने। डक्टरको भूमिका चाहिँ जीबनशैली परिवर्तनका कलाहरु सिकाउने र औषधिमा मात्र तरिका मिलाएर दिने हाे मधुमेय तथा हर्माेन राेग विशेषज्ञ डा. ज्याेति भट्टराई बताउँछिन् ।