चीन सरकारले अनुदानमा उपलब्ध गराएकाे कोरोनाविरुद्धको खोप आजदेखि लगाउन सुरू गरिँदैछ।
याे खोप चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्ति, हिमालय सीमा पार व्यापार गर्ने नेपाली व्यापारी व्यक्ति होटल, ट्रेकिङ, औषधि, फलफूल, तरकारीलगायतका व्यापारी, प्राध्यापक , अत्यावश्यक सेवामा काम गर्ने कर्मचारीलगायतलाई लगाउने तयारी छ।
यसका लागि वीर अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, नेपाल मेडिकल कलेज अत्तरखेल, काठमाडौ मेडिकल कलेज सिनामंगल,त्रिवि शिक्षण अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र, वीरेन्द्र अस्पताल छाउनी, नेपाल सशस्त्र प्रहरी अस्पताल, नेपाल प्रहरी अस्पताल, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर र क्षेत्रपाटी नि:शुल्क चिकित्सालयबाट उपत्यकामा १४ वटा स्वास्थ्य संस्थालाई केन्द्र तोकेको मन्त्रालयले जनाएको छ।