स्थानीय प्रशासनले यस वर्ष पनि भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले कोरोना संक्रमण फैलिने खतरा बढेपछि लिंगो ठड्याउने र रथ तान्ने काम गर्न रोक लगाइएको तर ‘रथको पूजा गर्न भने पाइने बताए ।आठ दिन नौ रातसम्म मनाइने बिस्केट जात्रा यस वर्ष चैत २८ गतेबाट सुरु हुँदै छ ।
रथलाई सयौं व्यक्तिहरुले तान्नु बिस्केट जात्राको मुख्य आकर्षण हो ।गत वर्ष पनि कोरोना संक्रमणको कारण स्थानीय प्रशासनले बिस्केट जात्रामा रोक लगाएको थियो ।