सरकारले एसिड खरिद बिक्रिमा कडाइ गरेको छ ।एसिड आक्रमणका घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले सरकारले कडाइ गरेकाे हाे ।गृहमन्त्रालयले एक सूचना जारी गर्दै देशभरका उद्योगलाई तेजाब तथा अन्य घातक पदार्थको खपत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।
अब कुनै पनि उद्योग व्यवसायीले गृह मन्त्रालयबाट अनुमति लिएर मात्रै एसिड खरिद गर्न सक्नेछन्।खुकुलोपनले गर्दा महिलामाथि एसिड आक्रमणका घटना बढ्न थालेपछि सरकारले गत असोज १२ गते एसिड तथा घातक रसायनिक पदार्थ नियन्त्रण सम्बन्धी अध्यादेश ल्याएकाे थियाे ।
सूचनाअनुसार कानून बमोजिम दर्ता भएको वा इजाजत प्राप्त गरेको कुनै उद्योगलाई औद्योगिक प्रयोजनको लागि एसिड वा अन्य घातक रासायनिक पदार्थ आवश्यक पर्ने भएमा मन्त्रालयमा विधिपूर्वक निवदेन दिनुपर्ने छ ।यसअघि जोकोही व्यक्तिले सहजै एसिड खरिद वा विक्री गर्न सक्थे ।