Main Menu
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Monday, April 19, 2021 | सोमबार, वैशाख ६, २०७८
  • मुख्य समाचार
  • राजनीति
  • विचार
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
    • प्रदेश न. १
    • प्रदेश न. २
    • प्रदेश न. ३
    • प्रदेश न. ४
    • प्रदेश न. ५
    • प्रदेश न. ६
    • प्रदेश न. ७
  • विचार
  • खेलकुद
  • कला
  • अन्य
    • अन्तर्वार्ता
    • फोटोफिचर
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • विदेश
    • शिक्षा
    • स्वास्थ्य / जीवनशैली
    • ती दिन
    • पर्यटन
    • भिडियो
Search here
समाज
  • गृहपृष्ठ
  • समाज
६ हजार ऋण दिएर ब्याजवापत चार वर्षदेखि यौन शोषण !
रासस
रासस भोजपुर, १५ चैत
६  हजार ऋण दिएर ब्याजवापत  चार वर्षदेखि  यौन शोषण !

भोजपुर जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ की ४१ वर्षीया महिला चार वर्षदेखि यौन तथा श्रम शोषणमा परेको घटना बाहिरिएको छ। छिमेकी ६८ वर्षीय खड्गबहादुर राईले रु छ हजार ऋण दिएपछि बारम्बार श्रमसँगै यौन शोषण गर्ने गरेको पीडित महिलाको भनाइ छ।

शनिबार सल्लेरीमा पत्रकार सँगको भेटमा ती महिलाले आफू अन्यायमा परेकाले न्याय माग्न सदरमुकाम आइपुगेको बताइन्। आर्थिक अवस्था कमजोर भएकाले २०७३ साल असार २ गते खड्गबहादुरबाट ऋण लिएको पीडित महिलाको भनाइ छ। “ऋण लिएलगत्तै असार ४ गतेदेखि मलाई उहाँको घरमा बारम्बार काम गर्न बोलाउन थाल्नुभयो”, भावुक हुँदै पीडित महिलाले भनिन्, “आर्थिक अवस्था कमजोर भएका कारण उहाँले जे भन्यो त्यही मान्न बाध्य भएँ।”

घरायसी कामसँगै तीन÷चार दिनको अन्तरमा उहाँमाथि जबरजस्ती शारीरिक सम्पर्क राख्ने गरेको उनको भनाइ छ। “ऋणको ब्याजस्वरूप काम गर्नुपर्ने”, महिलाले भन्नुभयो, “दिनभरि कामको थकानसँगै उसलाई यौन चाहना भए जुनैबेला पनि आफू तयार हुनुपर्ने मेरो बाध्यता थियो।”

आफूले शारीरिक सम्पर्क राख्ने इच्छा छैन भन्दा ज्यान मार्नेसम्मको धम्की दिएपछि स्वीकार गर्नुको विकल्प नभएको उनको भनाइ छ। गाउँघरमा जो कोहीलाई धाकधम्की दिएर खड्गबहादुरले श्रम शोषण गर्ने गरेको पीडित महिलाको आरोप छ तर पीडक राईले भने आफूले त्यस्तो कुनै पनि हालतमा नगरेको बताए।

यौन प्यास मेटाउन पीडितकै घरमा पुग्थे खड्गबहादुर

खड्गबहादुरले घाँस काट्न, धान र कोदो रोप्नदेखि खन्य आवश्यक परेको बेला जुनसुकै काम गर्न पनि आफूलाई बोलाउने गरेको महिलाको भनाइ छ। “शुरुमा काम गर्न आउनु मलाई ब्याज चाहिँदैन भन्नुभयो”, महिलाले सुनाइन्, “केही समयपछि साँवा ब्याजको हिसाब गरौँ भन्दा पनि पछि हिसाब गरौँला किन अहिले गर्नु भन्दै काम लगाइरहे, मैले पनि मानिरहेँ।”

श्रम शोषण गरिरहेका पीडक राईले २०७५ सालदेखि भने निरन्तर यौन शोषणसमेत गर्ने गरेको पीडित महिलाले बताइन्। पीडित महिलाको ७० वर्षीय श्रीमान् गोठमा भएको मौकामा घर आउने र यौन प्यास मेटाउने गरेको महिलाको गुनासो छ। रातको १२ बजेतिर आफ्नो घरमा आउने र कोही कसैलाई भनेको खण्डमा ज्यान मार्ने धम्कीसमेत दिने गरेको उनले बताए।

खड्गबहादुरको व्यवहारको विषयमा पीडितको पतिलाई जानकारी भएपछि काम गर्न नजाने निधोमा पुगेकी उहाँलाई खड्गबहादुरले तत्काल ऋण फिर्ता गर्न ताकेता गरेको बताइन्छ तर आफूहरुसँग फिर्ता गर्ने रकम नहुँदा बाध्य भएर अह्राएको काम गर्नुपरेको महिलाको गुनासो छ।

खड्गबहादुर र पीडित महिलाबीचको सम्बन्धका बारेमा पीडकको घरपरिवारलाई जानकारी भएपछि छोराहरु समेतले गत माघ २८ गते महिलाको घरमा पुगेर ज्यान मार्ने धम्की दिएको आरोप छ। घर घेर्न पुगेपछि पति र घरपरिवारसहित छिमेकीलाई समेत घटनाको बारेमा जानकारी गराएको महिलाको भनाइ छ।

महिला सञ्जालको सहयोगमा प्रहरीमा जाहेरी दर्ता

सामान्य विवाद हुँदा समेतछिमेकी सबैलाई धाकधम्की दिने खड्गबहादुर देखि गाउँले सबै डराउने गरेको उनीहरुको भनाइ छ। आफूहरु पनि असुरक्षित हुने त्रासका कारण गाउँका महिला अगुवाको साथमा घटनाको विषयमा उजुरी गर्न सल्लेरी आएको पीडित महिलाले बताइन्। जिल्लामा क्रियाशील अन्तरपार्टी महिला सञ्जालको सहयोगमा गत फागुन १७ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरिएको पीडित पक्षको भनाइ छ।

प्रहरीले आवश्यक अनुसन्धानका लागि सोही दिन खड्गबहादुरलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए। प्रहरीको अनुसन्धानपछि जिल्ला अदालत सोलुखुम्बुमा मुद्दा बुझाइएकामा चैत ११ गते न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले खड्गबहादुरलाई रु एक लाख २० हजार धरौटी माग गर्ने आदेश दिएको छ।

यता पीडित पक्षले भने आफूहरुलाई अदालतमा बयानका लागि नबोलाएको गुनासो गरेका छन्। पीडक पक्षको मात्रै बयानका आधारमा धरौटीमा रिहा भएपछि न्याय नपाउने आशङ्का आफूहरुमा रहेको पीडित महिलाको भनाइ छ।

अब झनै ज्यान जोखिममा परेकाले गाउँ फर्कन नसक्ने पीडित परिवारको गुनासो छ। पतिसँगै आफू सल्लेरीमा आफन्तकोमा बसिरहेको र सात जना छोराछोरी गाउँमै छिमेकीको घरमा बसेको उनको भनाइ छ।

प्रकाशित मिति: आइतबार, चैत १५, २०७७, ०७:३६:००
रासस
रासस @spacekhabar null
लेखकबाट थप
  • भेरीमा उपचाररत ४९ सङ्क्रमितको अवस्था गम्भीर
  • विक्रमबाबा मेला स्थगित
  • नयाँ नक्सादेखि सत्तारुढ दलभित्रको विवादसम्म
  • वायु प्रदूषणका कारण आँखाका बिरामी बढ्दै
  • बेनी–जोमसोम सडक चार दिन बन्द हुने
  • सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित शिर्षक
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
भेरीमा उपचाररत ४९ सङ्क्रमितको अवस्था गम्भीर
भेरीमा उपचाररत ४९ सङ्क्रमितको अवस्था गम्भीर
  • ताजा समाचार
  • ट्रेण्डिङ
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
विद्यालय बन्द गर्न सञ्चालकहरू किन आलटाल गर्दैछन् ?
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
भेरी अस्पतालमा उपचाररत तीन जना कोरोना सङ्क्रमितको राति मृत्यु
सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
सांसद पद खारेजसँगै मन्त्रीबाट हटेका बादलले साँझ पुनः शपथ लिँदै
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
पानी परेपछि अधिकांश भागकोे डढेलो निभ्यो
काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
काेराेनाकाे रोकथाम र नियन्त्रणका लागि प्रधानमन्त्रीले गरे सबै दलसँग सहयोगको आग्रह
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
गर्मी बढेसँगै तराईका जिल्लामा लामखुट्टेको प्रकोप बढ्यो
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रचण्ड गएनन्
प्रधानमन्त्री ओलीले बाेलाएकाे सर्वदलीय बैठकमा प्रचण्ड गएनन्
गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताब दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको नाम प्रस्ताब 1
गण्डकी प्रदेशका मुख्यमन्त्री बिरुद्ध अबिश्वास प्रस्ताब दर्ता, नयाँ मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपालीको नाम प्रस्ताब
रुरु जलविद्युतको आईपीओ  भोलि बाँडफाँट हुने 2
रुरु जलविद्युतको आईपीओ भोलि बाँडफाँट हुने
‘कम्युनिष्टको खोल ओढेर विदेशीको ईशारामा कम्युनिष्ट सिध्याउने ओली हुन्’ 3
‘कम्युनिष्टको खोल ओढेर विदेशीको ईशारामा कम्युनिष्ट सिध्याउने ओली हुन्’
अबिश्वास प्रस्ताब आउने भएपछि मुख्यमन्त्री गुरूङद्धारा प्रदेश सभा अधिवेशन अन्त्य 4
अबिश्वास प्रस्ताब आउने भएपछि मुख्यमन्त्री गुरूङद्धारा प्रदेश सभा अधिवेशन अन्त्य
देउवालाई भेट्न भट्टराई र यादब बुढानीलकण्ठमा 5
देउवालाई भेट्न भट्टराई र यादब बुढानीलकण्ठमा
सूचना - प्रविधि थप
कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी कोरोनाविरुद्ध खोप विकास नभएसम्म विश्व पहिलेकै अवस्थामा फर्किन नसक्ने बिल गेट्सको चेतावनी
इन्टरनेट नचले पैसा मिनाहा !
क्यान इन्फोटेक फागुन २ गतेदेखि
ग्लोबल थप
भारतमा एक नेपालीको हत्या भारतमा एक नेपालीको हत्या स्पेसखबर बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्र चन्द रहेको प्रहरीले जनाएको छ ।
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित
नेपाली मूलका शर्मा दुईतिहाइ मतसहित मेयरमा निर्वाचित स्पेसखबर
कामदार तत्काल जापान जान नपाउने
कामदार तत्काल जापान जान नपाउने स्पेसखबर
सम्पर्क

लिवरल मिडिया प्रा.लि.

काठमाडौं - २९, अनामनगर

सूचना विभाग दर्ता नं. १०९८/०७५–७६

टेलिफोन

+977-1-57 055 62

ईमेल ठेगाना

spacekhabar@gmail.com
marketing.spacekhabar@gmail.com
हाम्रो टीम
सम्पादक रामजी दाहाल
बरिष्ठ संवाददाता मुक्तिबाबु रेग्मी भिम थापा
संवाददाता विनिल बस्नेत
प्रदेश प्रतिनिधि कुमोद अधिकारी (विराटनगर) रोहित कुमार महतो (जनकपुर) शिवकुमार रिजाल (हेटौंडा) बिक्रम खड्का (बुटवल) श्रवण देउवा (धनगढी)
ग्लोबल सुरेशचन्द्र पोखरेल (अमेरिका) शिशिर ढकाल (अष्ट्रेलिया) पुष्प थापा (जर्मनी) सन्दर्भ आचार्य (जापान)
मेनु
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • अर्थ
  • प्रदेश
  • विचार
  • खेलकुद
  • भिडियो ग्यालरी
सोसल मिडिया
Facebook Twitter YouTube Google+
© स्पेसखबर प्रा.लि.. -2021 All rights reserved. Site by: SoftNEP