एसिड पीडित मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला(आइडब्लुओसी) पुरस्कार प्रदान गरिने भएको छ।
अमेरिकी प्रथम महिला जिल बाइडन र विदेशमन्त्री टोनी ब्लिङ्कनले मार्च ८ मा भर्चुअल कार्यक्रममार्फत मुस्कानसहित अन्यलाई उक्त पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको नेपालस्थित अमेरिकी दूतावासले जनाएकाे छ। मुस्कान यो सम्मान पाउने पहिलो व्यक्ति हुन्।
२०७६ भदौ २० गते छपकैयास्थित घरबाट बिहान साढे ६ बजे स्कुल गइरहेका अवस्थामा स्थानिय छिमेकी दुई युवकहरुले मुस्कानमाथि तेजाब प्रहार गरी सिकिस्त घाइते बनाएका थिए।
आइडब्ल्युओसीले प्रायजसो शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गर्ने महिलालाइ याे सम्मान गर्ने गरिएकाे छ।