प्रहरीले लागुऔषध कारोबार गरेको आशंकामा दाङमा न्यायाधीशकी श्रीमतीलाई नियन्त्रणमा लिएको छ।
उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधीश मदन पोख्रेलकी श्रीमती तुलसालाई प्रहरीले आइतबार दिउँसो तुलसीपुरबाट लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
प्रहरीले तुलसालाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ रतननाथ टोल स्थित उनकै निवासमा पार्किङ गरेर राखिएको स्कुटरको ‘डिक्की’मा २ ग्राम २२ मिलिग्राम ब्राउन सुगर जस्तै देखिने बस्तु र सानो तराजु समेत फेला परेको हाे।
तुलसालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा राखिएको छ ।लागु औषध सहित प्रहरी नियन्त्रणमा रहेकी तुलसासंग प्रहरीले अनुसन्धान गरिरहेको छ ।