काठमाण्डौको तारकेश्वर नगरपालिकामा फेरि बर्ड फ्लू भेटिएको छ । बर्ड फ्लू भेटिएपछि त्यहाँका १२ हजार भन्दा बढी कुखुरा,हास,टर्की नष्ट गरिनुका साथै अण्डा र दानासमेत नष्ट गरिएकाे छ ।
यस्तै काठमाण्डौसहित सुर्खेतलगायत जिल्लाहरुमा पनि बर्ड फ्लूको सङ्क्रमण देखिएको छ । बर्ड फ्लूको सङ्क्रमण देखिएपछि मारिएका कुखुराका किसानलाई कसरी क्षतिपूर्ति उपलब्ध गराउने भन्नेबारे प्रमुख जिल्ला अधिकारीसहितको बैठक बसेर निर्णय गरिने बताइएकाे छ ।