गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएकाे छ भने ६ जना घाइते भएका छन् ।
रेसुङ्गा नगरपालिका- १४ पराल्मीको ठूलो पँधेरोमा बुधवार राति लु १ ज १९८८ नम्बरको जीप दुर्घटना हुँदा रेसुङ्गा नगरपालिका १४ का कृष्ण पोख्रेल, गोमा नेपाली र शान्ति नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएकाे छ ।
घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अन्यकाे गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।