सरकारले यही फागुन २३ देखि ६० वर्षमाथिका जेष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप लगाने भएको छ । अग्रपंक्तिका स्वास्थ्यकर्मी, कर्मचारी एवं सञ्चारकर्मीपछि जोखिमका आधारमा ज्येष्ठ नागरिकलाई खोप लगाउन लागिएको हो । देशभरिका खोप केन्द्रबाट खोप लगाउने व्यवस्था रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
भारतबाट थप साढे २२ लाख डोज खोप किन्ने गरी सरकारले द्रूत प्रक्रिया अवलम्बन गरेको छ । यस्तै चीनले पाँच लाख खोप उपाहारस्वरूप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । कोभ्याक्समार्फत पनि २० लाखभन्दा बढी खोप नेपालले पाउनेछ ।अहिले भारतले दिएको १० लाख खोपमध्येबाट पहिलो प्राथमिकतामा रहेको जनशक्तिलाई खोप दिइँदै छ ।