काठमाडौं महानगरपालिकाले बुधबार बिहान डोजर लगाएर खुलामञ्चका टहराहरू भत्काइदिएको छ । तत्काललाई बसपार्क मात्र रहन दिने गरी खुलामञ्च खाली गर्न लागिएको हाे । काठमाडौं भ्युटावर बनिसकेपछि बसपार्क पनि पुरानै ठाउँमा सारेर खुलामञ्चलाई पहिलेकै स्वरूपमा ल्याइनेछ । दरबार हाइस्कुल पुनर्निर्माणमा खटिएका चिनियाँ ठेकेदार र वीर अस्पतालले बनाएका संरचना भत्काइएकाे उपमेयर हरिप्रभा खड्गीले बताइन् ।
अस्थायी टहरा ,सवारी पार्किङ र ब्याडमिन्टन कोर्टसमेत बनाइएकाेल खुलामञ्च साँघुरिएको थियाे। विगतमा दलहरूले खुलामञ्चमा नै सभा समारोह गर्दथे तर अहिले अतिक्रमण गरेर बनाइएका संरचनाका कारण दलहरूले सडकमा आमसभा गर्ने थालेपछि महानगरले खुल्लामञ्चलाइ खुला राख्ने अभियानमा जुटेकाे हाे ।पुरानो बसपार्कले पनि खुलामञ्चको आधी भाग ओगटेको छ ।भएकाे खुल्लामञ्चलाइ मासेर दलहरूले सडकमा आमसभा गर्ने गरेको भन्दै सरकारको आलोचना हुन थालेकाे थियाे ।