बाँकेकाे राप्ती सोनारी गाँउपालिका २ मुगुवामा नेपाली सेनाकाे बस दुर्घटना भएकाे छ । बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका
छन् ।
सोलु नाम्चेबाट कालिकोट संसेर गुल्मको लागि हिडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार मध्ये १० जना
घाइते भएका हुन । गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगंज राझातर्फ पठाइएको छ ।