प्रहरीले प्रतिबन्दित भालुकाे दुई थान पित्तसहित एक जनालाई पक्राउ गरेकाे छ ।
संखुवासभा घर भइ हाल बुढानिलकण्ठ नगरपालिका बिष्णुमति बस्दै आएका बिगुल राईलाई महानगरीय अपराध महाशाखाबाट खटिएकाे टाेलीले पक्राउ गरेकाे हाे । प्रतिग्राम २५ हजारकाे दरले बिक्री वितरण गर्न लागेकाे अवस्थामा विशेष सुराकीकाे आधारमा उनलाई पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।