आजदेखि सरकारी कर्मचारीहरू, सुरक्षाकर्मी र जनप्रतिनिधिहरूलाई कोरोनाविरूद्ध खोप लगाइने भएको छ।
फागुन ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकका कर्मचारीलाई खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यस्तै पहिलाे र दाेस्राे चरणमा खाेप लगाउन छुटेकाहरूलाई पनि खोप लगाइने भएकाे छ। खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइनेछ।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी र दाेस्राे चरणमा संचारकर्मी, कुटनीतिक नियाेगमा कार्यरत कर्मचारीलाई लगाएकाे थिथाे । देशभरका करिब दुई सय खोप केन्द्रबाट खोप दिइनेछ। भारत सरकारले अनुदानस्वरूप १० लाख डोज कोभिडसिल्ड खाेप प्रदान गरेकाे थियाे ।