फेरि मुलुकमा पश्चिमी वायुको प्रभाव सुरू भएको छ ।मौसममा भएको बदलावसँगै दिउँसो र राति मुलुकका अधिकांश पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको जनाइएको छ ।
काठमाडौँ उपत्यकाकाे अाकाश धुम्म देखिएको छ ।बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-२ र प्रदेश-१ मा आँशिक देखि सामान्य बदली रही वाँकी भुभागहरुमा आँशिक बदली रहनेछ । मध्य तथा पूर्वी उच्चपहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।चिसो अझै रहिरहने भएकाले आवश्यक सतर्कता अपनाउन सबैमा महाशाखाले आह्वान गरेको छ ।