फुल्चोकी डाँडामा हराएका दुई जनाकाे प्रहरीले सकुशल उद्दार गरेकाे छ ।
काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसीलाई प्रहरीले सकुशल उद्दार गरेको हाे ।
उक्त जंगलमा घुम्न गएका उनीहरु हराइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका-२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उद्दार गरी अभिभावकको जिम्मा लगाएको हो ।
जाडो याममा हिउँ पर्ने कारण आन्तरिक पर्यटकको अत्यधिक घुँइचो हुने र बाटो बिराइ मानिसहरु हराउन गई मृत्यु समेत हुने गरेको बिगतको घटनाहरुलाई मध्यनजर गरी चलेल त्यहाँ प्रहरी खटाइने गरिएकाे महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।