नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले एक महिना विद्युत कटौती हुन सक्ने सूचना सार्वजनिक गरेको छ ।
दुहवी–खनार ३३ केभी डबल सर्किट प्रसारण लाइनको सुदृढीकरण गर्नु पर्ने भएकाले एक महिनासम्म दैनिक ९ घण्टा विद्युत कटाैती हुन सक्ने जनाइएकाेछ।
प्राधिकरणको प्रादेशिक कार्यालय विराटनगरको लेटर हेडमा उल्लेखित सूचनामा विहान ८ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत कटौती हुन सक्ने उल्लेख गरिएको छ ।