पाल्पामा भरूवा बन्दुककाे छर्रा लागेर एक बालककाे मृत्यु भएकाे छ।रिब्दिकोट गाउँपालिका-८ दानसिङडाँडाको चिलाउने पानी सामुदायिक वनमा शिकार खेल्न गएका ४ जना ब्यक्तिलाइ प्रहरीले पक्राउ गरेकाे छ । छर्रा लागेर १३ वर्षीय लक्ष्मण छहारीकाे मृत्यु भएकाे थियाे ।
पक्राउ पर्नेमा रैनादेवी छहारा गाउँपालिका-४ भर्माटुङ बस्ने १७ वर्षीय किशोरसहित ४ जना रहेका छन् ।जिल्ला प्रहरी कार्यालय पाल्पा र ईलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । साथै घटनास्थल देखि १० मिटर नजिकै अन्दाजी १२ केजी तौलको मृग समेत मरेको अवस्थामा प्रहरीले फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।