औषधि व्यवस्था विभागले कोरोना भाइरस कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगको अनुमति दिएको छ ।
शुक्रबारको विभागीय निर्णयअनुसार कोभिडसिल्डलाई आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरिएको हाे ।कोभिसिल्ड’ अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको भारतीय संस्करण हो ।
विभागका सूचना अधिकारी केसीका अनुसार यो हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालीले दर्ता गरेर ल्याउन लागेको हो । ३ वटा आयातकर्ताहरुले आवदेन दिएकाेमा २ जनाको आवश्यक कागजातहरु पुगेको छैन, उनीहरुलाई प्रक्रिया पुर्याउन भनिएको छ ।
यसकासाथै हाल नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ ।
छिमेकी मुलुक भारतमा पनि भाेलिदेखि कोभिड–१९ विरुद्धको खोप दिने तयारी भइरहेको छ ।विश्वका विभिन्न देशहरुमा तेस्रो चरणको अनुसन्धामा सफल रहेको दाबी गरिएका खोपहरुको आपत्कालिन प्रयोग सुरु भइसकेको छ ।