गुल्मीमा झाँक्रीले ताताे फलामले डाम्दा एक जनाको मृत्यु छ भने दुई जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रोग निको पार्ने नाममा ताताे फलामले डाम्दा इस्मा गाउँपालिका–३ दर्लामचौरका ६४ वर्षीय रामबहादुर मुखियाको मृत्यु भएको हो ।ढाड दुख्ने समस्या रहेका मुखिया झारफुकका लागि पुस २५ देखि निरन्तरजसो श्रेष्ठको घरमा जाने गरेका थिए ।
प्रहरीका अनुसार मुखियाका जेठा छोरा ३४ वर्षीय हुमबहादुर र रेसुंगा नगरपालिका–५, भुवनपानीकी ४० वर्षीया टोपला दमाई घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।
मालिका गाउँपालिका–६ अर्जे घर भई तीनधारामा भाडामा बस्दै आएका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र उनकी पत्नी ३६ वर्षीया शान्तिला श्रेष्ठ दम्पतीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।