नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीसँग आबद्ध बिदेशस्थित सबै नेपाली जनसम्पर्क समितिमा प्रतिष्ठानका तर्फबाट नीति, अनुसन्धान तथा प्रशिक्षणसम्बन्धी कार्य गर्न गराउन र समन्वय गर्न प्रतिष्ठानका सदस्य गंगाधर गौतमलाई संयोजक पदमा नियुक्त गरेका छन्।
प्रतिष्ठानका प्रमुख समेत रहेका उपसभापति निधिले गौतमलाई संयोजक पदमा शुक्रबार नियुक्त गरेका हुन्।
नेपाली जनसम्पर्क समिति कायम रहेका सबै देशमा एक एक जना शाखा प्रमुख नियुक्त गरी आबश्यक काम गर्न गराउन पनि निधिले गौतमलाई अधिकार प्रत्यायोजन गरेका छन्।