हालै बेलायतबाट फर्केका तीन जनामा नयाँ कोरोना भाइरस भएको आशंका गरिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरूको स्वाब परीक्षण गर्दा उनीहरूमा कोरोना भाइरसको संकेत देखिएको हो ।बेलायतबाट फर्केका सात जनामा कोरोना पोजिटिभ देखिए पनि एसजिन नेगेटिभ तीन जनामा मात्रै देखिएको छ ।
सरकारको अनुरोधअनुसार डब्लूएचओले तीन जनाको नमुना हङकङ लैजान लागेको हो ।देशमा पहिलो पटक कोरोना पोजिटिभ देखिँदा पनि यही विश्वविद्यालयको ल्याबमा परीक्षण गर्न पठाइएको थियो ।
हङकङ पठाउन लागिएको नमुनाको केही भाग नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा पनि परीक्षण गर्ने तयारी भउकाे छ ।