नेपाली सेनाले मंगलबार बिहानबाट एकीकरण पदयात्रा सुरू गरेको छ । नेपाल एकिकरणको उद्गमस्थल गोरखाबाट शुरू भएकाे पदयात्रा काठमाण्डौ अाइपुग्नेछ ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा प्रयोग गरेको बाटोलाई समेटेर एकीकरण पदमार्ग निर्माण गरिएकाे छ । पुस २७ गते सिंहदरबार अघि मनाइने पृथ्वीजन्यतीमा सहभागी हुन काठमाण्डौं पुग्ने टोलीलाई मंगलबार गोरखा दरबार परिसरमा रहेको हनुमान चौतारीमा एक कार्यक्रम गरी बिदाइ गरिएको छ ।
टर्च, नेपालको राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुद गण) को झण्डासहित करिब ४० जनाको टोलीलाई बिदाइ गरिएको रणसिंह दल गण गोरखाका गणपत उज्जल केसीले जानकारी दिए ।
उक्त टोलीमा गोरखा दरबारमा राखिएको गुरुजीको पल्टनका सैनिकहरु परम्परागत पोशाकमा सहभागी भएका छन् । पञ्चेबाजा, नेपाली सेनाको ब्यान्ड बाजा बजाउँदै हनुमान चौताराबाट निस्केको टोली गोरखा दरबार, जोरपोखरी, ताप्ले, अश्राङ, बोर्लाङ्ग, धादिङ नुवाकोट हुँदै काठमाण्डौ पुग्नेछन् ।
उनीहरुलाई विभिन्न ठाउँमा साँस्किृतिक झाकीसहित स्वागत एवं सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए । गोरखाबाट गएको टोलीले बोलाङ्र्गघाटमा पु-याएपछि धादिङको देविदत्त गणलाई टर्च र झण्डा हस्तान्तरण गर्ने कार्यक्रम छ । धादिङले नुवाकोट र नुवाकोटले काठमाण्डौको टोलीलाई हस्तान्तरण गर्ने नेपाली सेनाले जनाएको छ।