बाँकेमा थप तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा दुइ जना र भेरी अस्पताल नेपालगञ्जमा उपचार गराईरहेका एक जना कोरोना संक्रमितको गएराती मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङम्वाङले जानकारी दिए।
नेपालगनञ्ज मेडिकल कलेज कोहलपुर भर्ना रहेका दाङका १३ वर्षीय बालक, कञ्चनपुरबाट उपचारका लागि आएका एक जना पुरुषसहित २ जना र भेरी अस्पताल नेपालगनञ्जमा उपचाररत जानकी गाँउपालिकाका ६८ वर्षीय एक जना पुरुष गरी ३ जनाको मृत्यु भएको हाे ।
बाँकेमा हालसम्म उपचारका लागि विभिन्न जिल्लाबाट आएका ८० जना कोरोना संक्रमितको मृत्यु भइसकेकाे छ ।