जल तथा मौसम पूर्वानुमान महाशाखाले आज राजधानीसहित पहाडी भेगमा फाटफुट वर्षा हुने जनाएको छ ।
महाशाखाका अनुसार पश्चिमी वायुको प्रभाव बाँकी नै भएकाले आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने छ।
पश्चिमी वायु सक्रिय भएका कारण सोमबारदेखि नै सुदूरपश्चिम र कर्णाली प्रदेशका सबैजसो हिमाली जिल्लामा बाक्लो हिमपात भएको छ । हुम्ला लगायतका कतिपय जिल्लामा बाक्लो हिमपातले गर्दा एक ठाउँबाट अर्काे ठाउँमा जान समेत सकिएको छैन चिसोले जनजिवन कष्ठकर भएको छ। मध्यपहाडी जिल्लाहरूमा छिटपुट वर्षासमेत भएको छ ।
काठमाडौंमा पनि आज हलुका वर्षाको सम्भावना रहेको र बुधबारदेखि मौसमी प्रणाली कमजोर हुने जनाइएको छ। बितेको २४ घण्टामा सबैभन्दा बढी जुम्लामा २४.३ मिलिमिटर वर्षा भएको छ ।