मोरङको मिक्लाजुङ गाउँपालिका १ को सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको छ।
मंगलबार बिहान छ जनाको समूहमा आएका नेत्रविक्रम चन्द ’विप्लव’ समूहका कार्यकर्ताले प्रधानाध्यापक श्रेष्ठलाई बिहान ६ बजे अपहरण गरेका थिए। प्रहरीका अनुसार घरबाट एक किलोमिटर टाढाको सरकारी वनमा लगेर हत्या गरिएको थियो।
प्रहरीका अनुसार मंगलबार बिहान जंगलमा गोली चलेको आवाज आएको थियो। प्रधानाध्यापक श्रेष्ठको हात अगाडि बाँधेको अवस्थामा शव भेटिएको थियो।
धारिलो हतियारले घाँटी रेटेजस्तो देखिएको प्रहरीको भनाई छ।
शिक्षक श्रेष्ठलाई सुराकीको आरोपमा हत्या गरेको प्रारम्भिक अनुमान छ।