बर्दिबासमा भएकाे प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक युवकको मृत्यु भएको छ ।
बालिकाको बलात्कारपछि हत्या भएको भन्दै प्रदशर्नमा उत्रिएकाहरूमाथि हिजाे प्रहरीले चलाएकाे गाेली लागि घाइते भएका बर्दिबास–१ बुद्धिराज न्यौपाने (सञ्जय) को उपचारकै क्रममा गएराति मृत्यु भएको हो ।
काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारकै उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।गोली लागेर गम्भीर घाइते भएका न्यौपाने र बर्दिबास–५ का श्याम कार्कीलाई उपचारका लागि हिजाे नै काठमाडाें ल्याइएकाे हाे ।
हत्या गरी बोरामा कोचेर फालिएको अवस्थामा स्थानीय गुलबसा खातुनको शव मंगलबार बिहान बर्दिबास–१४ स्थित उनको घरनजिकै फेला परेको थियो । बलात्कारपछि हत्या भएको भन्दै आफन्त तथा स्थानीय बासिन्दा दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शव सडकमा राखेर प्रदर्शनमा उत्रिएका थिए । भिड नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो ।बालिकाको हत्या गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरिसकेको छ ।