पत्रकार गोकर्ण गौतमको मृत्यु भएकाे छ । मष्तिष्कको नशामा समस्या आएपछि शल्यक्रिया गर्दा रक्तश्राव भइ उनको बिहीबार बिहान निधन भएको हो ।
कान्तिपुर दैनिकमा कला,साहित्य सम्बन्धी कलम चलाउँदै आएका ३१ वर्षीय पत्रकार गौतमको बिहीबार बिहान साढे ११ बजे बाँसबारीस्थित न्युरो अस्पतालमा मृत्यु भएको हो । मष्तिष्कको नशामा समस्या आएपछि उनी सोमबार अस्पताल भर्ना भएका थिए ।
गौतमको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएकाे छ ।