विश्वभर फैलिएको कोरोना महामारीलाई मध्यनजर गरी कपिलबस्तुमा भिडभाड हुने कुनै पनि किसिमको कार्य गर्न नपाईने भएको छ । जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले मंगलबार एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएको छ ।
जिल्लामा देउसी भैलो, भेला, महोत्सव, आतसबाजी, झिरझिरे, पटका, भुइचम्पा, विस्पोटक जन्य पदार्थको ओसार पसार, विक्रि वितरण एवम् प्रयोग नगर्न आग्रह गरेको छ ।
आफ्नो परिवारसंग सीमित रही चाडबाड मनाउनु पर्ने, कोरोना फैलन सक्ने भन्दै सचेत रहन आग्रह गरे, भीडभाड हुने गरी कुनै किसिमको मूर्ति बिसर्जन नगर्न तथा नेपाल सरकारले तोकेको स्वास्थ्य मापदन्ड पालना गर्न आग्रह गरिएको छ ।
कोभिड १९ संक्रमणको जोखिम न्यूनीकरणका लागि नेपाल सरकारले तोकेको जनस्वास्थ्य मापदण्ड पालन गर्नु पर्नेछ । उक्त सूचनाको अवज्ञा गरेमा संक्रमक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बामोजिम कारवाही हुने प्रजिअ पौडेलले जानकारी दिए ।