नेपालमा मंगलबार थप ३०९३ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ३०९३ जनामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप १७०२ जनामा कोरोना देखिएको छ । जसअनुसार काठमाडौमा १४३१ , भक्तपुरमा १४८ र ललितपुरमा १२३ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार १२९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोनाका कारण ७६५ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार मंगलबार थप २१०८ जना संक्रमित निको भएर डिष्चार्ज भएका छन् भने हाल सम्म ९६ हजार ६०९ जना संक्रमित निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
हाल सक्रिय संक्रमितको संख्या ४१ हजार ७५५ रहेको छ । हाल क्वारेन्टाइनमा ४२२० जना छन् भने नेपालमा हालसम्म १३ लाख १४ हजार ७७९ वटा पिसिआर परिक्षण गरिएको छ ।