कैलालीको अस्थायी प्रहरी बिट, जुगेडाका इञ्चार्ज गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेकाे भन्दै प्रहरीले ७ जनालाई सार्वजनिक गरेको छ ।
साे घटनामा संलग्नता पुष्टि भएको भन्दै धनगढी–१० का ३१ वर्षीय पर्कु भन्ने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भन्ने सुरेश राना, २५ वर्षीय गब्बर भन्ने राजकुमार राना, २२ वर्षीय राम निवास राना, २९ वर्षीय टल्लु भन्ने दलराम राना र २५ वर्षीय राम गोपाल रानालाई सार्वजनिक गरेको हो ।
सम्पर्कविहीन भएका प्रहरी जवान रामबहादुर साउदको पनि मोहना नदीमै शव भेटिएको थियाे ।कैलालीको अस्थायी प्रहरी बिटका इन्चार्ज गोविन्द विकको शव भेटिएको स्थान नजिकै साउदको शव भेटिएको हो ।
शनिबार राति मोटरसाइकल गस्तीमा गएका बेला असई विक र जवान रामबबहादुर साउद तस्कर समूहको निशानामा परेका थिए ।घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।