कोभिड–१९को कारण राेकिएकाे कक्षा १२ काे परीक्षा छठलगत्तै हुने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा स्थगित परीक्षा ८ महिना ढिलो गरी संचालन गर्न लागेको हो । बोर्डले मंसिरको दोस्रो साताबाट परीक्षा लिने गरी कार्यतालिका सार्वजनिक गर्ने भएको छ ।
यस वर्षको कक्षा कक्षा १२ को परीक्षा लिँदा कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कन, १२ को ४० प्रतिशत र १२ बाट प्रयोगात्मक २० प्रतिशतको आधारमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस वर्षको परीक्षा १ देखि डेढ घण्टाको हुनेछ ।यस वर्षको परीक्षामा मूल्याङ्कन प्रणाली (ग्रिड)लाई निस्क्रिय पारिएको छ । अर्थात् यो पाठबाट यति अंकको प्रश्न सोध्ने, छोटो र लामो उत्तरको प्रक्रियालगायत सबै व्यवस्था हटाइएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कक्षा १२ को परीक्षा लिखितरुपमै लिने जनाउँदै मन्त्रिपरिषद्मा प्रस्ताव दर्ता गराएपछि सोही आधारमा मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको थियो ।